नेपाल टेलिकमको ‘नमस्ते पे’ आजबाट सञ्चालनमा
इन्टरनेटबिना नै पैसा तिर्न मिल्ने

काठमाडौं । नेपाल टेलिकमले अनलाइन भुक्तानी सेवा ‘नमस्ते पे’ मंगलबारबाट सञ्चालनमा ल्याएको छ ।
इन्टरनेटबिना नै पैसा तिर्न मिल्नेगरी शुरु गरिएको डिजिटल प्रणाली नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयूक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीले आफ्नो ‘नमस्ते पे’ सेवा सुरु गरेको हो ।
यो एप केही महिनादेखि आन्तरिक परीक्षणमा रहेको र मंगलबारबाट नै सञ्चालनमा आएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।
उनले सुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प मात्र उपलब्ध हुनुका साथै वालेटमा रकम लोड गर्न सकिने गरी केही बैंकलाई जोडिएको छ ।
त्यसैगरी प्रयोगकर्ताले मोबाइल एप तथा यूएसएसडी कोडमार्फत भुक्तानी गर्न सकिने प्रबन्ध निर्देशक अधिकारीले बताए ।
सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी लगायतका सेवा उपलब्ध हुनेछन् । मर्चेन्टका लागि कुनै एउटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) सँग सम्झौता भइसकेको टेलिकमले जनाएको छ ।
कम्पनीका सिइओ कृष्ण भण्डारीले हालका लागि सीमित सेवासहित नमस्ते पे सञ्चालनमा ल्याइएको र क्रमिक रुपमा सेवाको दायरा बढाउँदै लगिने जानकारी दिए ।
















धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया