स्वास्थ्यचौकीमा प्रसूति गराउनेलाई पोषण भत्ता

कञ्चनपुर । स्वास्थ्यचौकीमा प्रसूति (सुत्केरी) हुने महिलालाई शुक्लाफाँटा नगरपालिका–३ को वडा कार्यालयले पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराउँदै आएको छ ।
घरमै असुरक्षित तरिकाले प्रसूति हुने कार्यलाई निरुत्साहित गर्न वडा कार्यालयले भत्ता दिन थालेको हो । तीन वर्षदेखि निरन्तर रुपमा वडा कार्यालयले स्वास्थ्यचौकीमा रहेको बर्थिङ सेन्टरमा प्रसूति हुने महिलालाई भत्तावापतको रकम दिँदै आएको छ । स्वास्थ्यचौकीमा शिशु जन्मेको ३५ दिनभित्रै जन्म दर्ता गराएपछि भत्तावापतको रकम उपलव्ध गराउने व्यवस्था गरिएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।
सो कार्यक्रमअन्र्तगत सुत्केरी हुने महिलालाई वर्षमा एक पटकका लागि रु एक हजार दुई सय भत्तावापत रकम दिने गरिएको छ । सुत्केरी हुने महिला र शिशुका लागि दुई जोर लुगासमेत दिने गरिएको छ । पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि भत्ता दिन थालेपछि मातृ–शिशु मृत्यृदर शुन्यमा झरेको वडा कार्यालयका सचिव श्यामप्रसाद चौधरीले बताए ।














कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित
देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया