छोटो समयमा सय जनालाई मन्त्री बनाएँ : अध्यक्ष प्रचण्ड
मेरोन्यूज
२०७८ भदौ ३० गते ११:१०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ले छोटो समयमा धेरै मन्त्री बनाउने पार्टी माओवादी केन्द्र भएको बताएका छन् ।
पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले छोटो समयमा धेरै मन्त्री बनाउने पार्टी माओवादी बनेको बताए । उनले छोटो समयमा नै सय जनालाई मन्त्री बनाएको बताए ।
यस्तै उनले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताए । प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताए ।
उनले भने, ‘संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्छ । राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको छु । यदी राजनीतिक दलहरुबीच सहमति हुने सकेन भने हामी सडकमा जानुपर्ने हुनसक्छ ।’ उनले आफू प्रधानमन्त्री हुँदा संविधान संसोधन गर्न संसदमा पेस गरेको बताए ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया