सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरवृद्धिमा देउवाको जोड

काठमाडौं । प्रधानन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा जोड दिएका छन् ।
जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यामिक विद्यालय भवनको बुधबार उद्घाटन गर्दै सामूदायिक विद्यालयको शिक्षामा गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको बताए ।
भविष्यमा थप कार्यक्रमहरु सूचारु गर्ने पनि उनले स्पष्ष्ट गरे । विद्यालय शिक्षा स्थानीय पालिकाको मुख्य जिम्मेवारीमा रहेता पनि संघीय सरकारले स्रोत, साधन र अन्य कार्यक्रमहरुसहित विद्यालय शिक्षाको विकास व्यवस्थापनमा सहयोग गरिरहेको प्रधानमन्त्री देउवाको भनाई छ ।
प्रधानमन्त्री देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त पर्ने सरकारको अभियानमा साथ दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन् ।
प्रधानमन्त्री देउवाले २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको काम सकिने अवस्थामा पुगेको उल्लेख गर्दै अवको सम्पूर्ण ध्यान त्यहाँको गुणस्तरीय शिक्षामै केन्द्रित हुने विश्वास समेत व्यक्त गरे ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया