माधव नेपालप्रति ओलीको टिप्पणी: एमालेमाथि बञ्चरो हान्नेलाई कसरी कमरेड भन्नु ?

काठमाडौं । नेकपा एमाले अध्यष केपी शर्मा ओलले माधव नेपाललाई कमरेड भन्न पनि नसकिने टिप्पणी गरेका छन् ।
एमालेमाथि वन्चरो हान्नेलाई कसरी कमरेड भन्ने भन्दै ओलीले कमरेड भन्नै नसकिने बताए । बुटवलमा आयोजित कार्यक्रमलाई सम्वोधन गदै ओलीले त्यस्तो बताएका हुन् ।
‘मलाई साथीहरूले माधव कामरेड भन्नुस् भन्नुहुन्छ ? कसरी कामरेड भन्नु ? एमालेमाथि बन्चरो हान्नेलाई कामरेड भन्छन् ? एमाले चोइट्याउनेलाई कामरेड भन्छन् ?
माधव नेपाल कामरेड होइन, एमालेविरोधी, अपराधकर्म गर्ने मान्छे हुन् । प्रतिक्रियावादीको सेवा गर्ने कठपुतलीवाला सरकार बनाउने अगुवा हुन् ।’ ओलीले माधव नेपालप्रति कडा टिप्पणी गदै भने ।
माधव नेपालले केपी ओलीको पार्टी सञ्चालन शैली र उनको कार्यशैलीप्रति विमति जनाउँदै नयाा पार्टी गठन गरिसकेका छन् ।
एमाले विभाजित भएर माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि ओली अहिले देशभरका नेता कार्यकर्ता माधव नेपालको पार्टीमा नजाउन भनेर रोकनका लागि निक्कै कसरथका साथ लागिरहेका छन् ।
त्यसक्रममा उनी दिनहुँ कुनै न कुनै सभा बैठकहरुमा पुगेर माधव नेपालमाथी आरोप लगाउने र उनको पार्टी छोडेर जाने कदमलाइृ चोइटिएर गएको, वडा सम्म जित्न नसक्ने जस्ता आरोप लगाउादै आर्यरहेका छन् ।
मंगलवार गृहजिल्ला झापा पुगेर भाषण गरेका ओली बुधबार बुटवलको सभामा पुगेका थिए । त्यहाँ पनि ओलीले माधव नेपालको पार्टीले कुनै लछारपाटो नलगाउने र उनको पार्टी शेरवहादुर देउवाको पिच्छलग्गु पार्टी मात्र भएकको बताएका थिए ।
माधव नेपाल भनेको शेरबहादुर देउवाको पछिपछि लखरलखर गर्ने मान्छेलाई कामरेड भन्न मिल्दैन, जो पार्टी ध्वस्त गर्न लागेको छ, त्यो कमरेड हुँदैन ।’ ओलीको टिप्पणी थियो ।
















काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया