माधव नेपालप्रति ओलीको टिप्पणी: एमालेमाथि बञ्चरो हान्नेलाई कसरी कमरेड भन्नु ?

काठमाडौं । नेकपा एमाले अध्यष केपी शर्मा ओलले माधव नेपाललाई कमरेड भन्न पनि नसकिने टिप्पणी गरेका छन् ।
एमालेमाथि वन्चरो हान्नेलाई कसरी कमरेड भन्ने भन्दै ओलीले कमरेड भन्नै नसकिने बताए । बुटवलमा आयोजित कार्यक्रमलाई सम्वोधन गदै ओलीले त्यस्तो बताएका हुन् ।
‘मलाई साथीहरूले माधव कामरेड भन्नुस् भन्नुहुन्छ ? कसरी कामरेड भन्नु ? एमालेमाथि बन्चरो हान्नेलाई कामरेड भन्छन् ? एमाले चोइट्याउनेलाई कामरेड भन्छन् ?
माधव नेपाल कामरेड होइन, एमालेविरोधी, अपराधकर्म गर्ने मान्छे हुन् । प्रतिक्रियावादीको सेवा गर्ने कठपुतलीवाला सरकार बनाउने अगुवा हुन् ।’ ओलीले माधव नेपालप्रति कडा टिप्पणी गदै भने ।
माधव नेपालले केपी ओलीको पार्टी सञ्चालन शैली र उनको कार्यशैलीप्रति विमति जनाउँदै नयाा पार्टी गठन गरिसकेका छन् ।
एमाले विभाजित भएर माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि ओली अहिले देशभरका नेता कार्यकर्ता माधव नेपालको पार्टीमा नजाउन भनेर रोकनका लागि निक्कै कसरथका साथ लागिरहेका छन् ।
त्यसक्रममा उनी दिनहुँ कुनै न कुनै सभा बैठकहरुमा पुगेर माधव नेपालमाथी आरोप लगाउने र उनको पार्टी छोडेर जाने कदमलाइृ चोइटिएर गएको, वडा सम्म जित्न नसक्ने जस्ता आरोप लगाउादै आर्यरहेका छन् ।
मंगलवार गृहजिल्ला झापा पुगेर भाषण गरेका ओली बुधबार बुटवलको सभामा पुगेका थिए । त्यहाँ पनि ओलीले माधव नेपालको पार्टीले कुनै लछारपाटो नलगाउने र उनको पार्टी शेरवहादुर देउवाको पिच्छलग्गु पार्टी मात्र भएकको बताएका थिए ।
माधव नेपाल भनेको शेरबहादुर देउवाको पछिपछि लखरलखर गर्ने मान्छेलाई कामरेड भन्न मिल्दैन, जो पार्टी ध्वस्त गर्न लागेको छ, त्यो कमरेड हुँदैन ।’ ओलीको टिप्पणी थियो ।









भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख जम्मा
चितवन कारागारबाट भागेका बन्दी झापामा पक्राउ
१ खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
नवलपरासीमा बस दुर्घटना हुँदा २० जना घाइते
प्रतिक्रिया