काठमाडौँ र ललितपुरसहित ६ जिल्लाका सिडिओ दैलेखी

काठमाडौँ । संयोग पनि कहिलेकाँही अचम्मकै हुन्छन् । त्यस्तै भएको छ अहिले दैलेखीहरुको सन्दर्भमा । प्रसंग हो – एकै जिल्ला दैलेखका ६ जना अहिले काठमाडौं, ललितपुर सहित देशका विभिन्न ६ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रुपमा जिम्मेवारी सम्हालिरहेका छन् ।
गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णयका आधारमा वुधबार मात्रै १२ जिल्लाको सिडिओहरुको हेरफेर गरेको थियो । त्यही क्रममा ललितपुरमा घनश्याम उपाध्यायले जिम्मेवारी पाएका हुन् । उनी दैलेखकै हुन । यस अगाडी मात्रै काठमाडौंको प्रमुख जिल्ला अधिकारी नियुक्त भएका र जिम्मेवारी सम्हालिरहेका गोविन्द रिजाल पनि दैलेखकै हुन् ।
उपत्यकाभित्रकै प्रमुख दुई जिल्लाको प्रसासनिक कमाण्ड गर्ने जिम्मा दैलेखीले पाएपछि यसले चर्चा पनि पाएको छ । दैलेखीहरुले यसलाई सुखद संयोगका रुपमा समेत अथ्याएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा दैलेखी नेता विष्णु रिजालले मुलुकको राजधानीका दुई जिल्लामा प्रमुख प्रशासकको जिम्मेवारी प्राप्त गरेकोमा हाम्रो दैलेख जिल्लाका दुई होनहार प्रतिभालाई हार्दिक बधाई भन्दै वधाई समेत दिएका छन् । उनले यसलाई सुखल संयोग भनेका छन् ।
तर उपत्यका दुई जिल्लाको जिम्मेवारी सम्हाल्ने प्रमुख जिल्ला अधिकारी मात्रै दैलेखका छैनन । यसवाहेकका पनि अन्य ४ जिल्लामा पनि दैलेखमै जन्मे-हुर्केकाले प्रमुख जिल्ला अधिकारीको जिम्मा सम्हाल्ने मौका पाएका छन् । जसमध्ये दैलेखमा दैलेखकै हरि प्याकुरेलले अहिले प्रमुख जिल्ला अधिकारीको जिम्मा पाएका छन् । कैलाली प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बर्दियाक सन्त बहादुर सुनार र कालिकोटका कृष्णप्रसाद आचार्य पनि दैलेखकै हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजाल दैलेखको रावतकोटका हुन् भने ललितपुरका प्रमुख जिल्ला अधिकारी उपाध्याय दैलेख भूती गाउँका हुन् ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया