संखुवासभा हत्या प्रकरणमा ट्विस्टः रञ्जना कार्कीको मोबाइल लोकबहादुरका भाईको साथमा भेटियो

काठमाडौँ । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा नयाँ ट्विस्ट आएको छ । प्रहरीले हत्याको आरोपमा पक्राउ गरेर सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाइ नरेश कार्कीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
पक्राउपछि लोकबहादुरले हत्या आफूले नै गरेको स्वीकार गरेका कारण घटनामा उनको मात्र संलग्नता हुन सक्ने भनिएता पनि प्रहरीले अनुसन्धान यथावत राखेको छ । लोकबहादुरका भाइ नरेशलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानलाई निरन्तरता दिएको छ । वडा अध्यक्ष खेमराज कटवालका अनुसार, प्रहरीले रञ्जनाको मोबाइल नरेशको साथमा भेटिएपछि उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
हत्या भएकी रञ्जना कार्कीको मोबाइल अनुसन्धानको क्रममा नरेशको साथ फेला परेको थियो । त्यसपछि उनी पक्राउ परेका हुन् ।
गत भदौँ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी रञ्जना, नाति विपिन र नातिनी गोमाको हत्या भएको थियो ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया