मंगलबार, पुष १५, २०८२

संखुवासभा हत्या प्रकरणमा ट्विस्टः रञ्जना कार्कीको मोबाइल लोकबहादुरका भाईको साथमा भेटियो

मेरोन्यूज २०७८ भदौ ३१ गते ९:५८

काठमाडौँ । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा नयाँ ट्विस्ट आएको छ । प्रहरीले हत्याको आरोपमा पक्राउ गरेर सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाइ नरेश कार्कीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

पक्राउपछि लोकबहादुरले हत्या आफूले नै गरेको स्वीकार गरेका कारण घटनामा उनको मात्र संलग्नता हुन सक्ने भनिएता पनि प्रहरीले अनुसन्धान यथावत राखेको छ । लोकबहादुरका भाइ नरेशलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानलाई निरन्तरता दिएको छ । वडा अध्यक्ष खेमराज कटवालका अनुसार, प्रहरीले रञ्जनाको मोबाइल नरेशको साथमा भेटिएपछि उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

हत्या भएकी रञ्जना कार्कीको मोबाइल अनुसन्धानको क्रममा नरेशको साथ फेला परेको थियो । त्यसपछि उनी पक्राउ परेका हुन् ।

गत भदौँ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी रञ्जना, नाति विपिन र नातिनी गोमाको हत्या भएको थियो ।

प्रतिक्रिया