सरकारी ढुकुटीको चरम दुरुपयोगः कमेडी च्याम्पियन बनाउन गाउँपालिकाको बजेट

काठमाडौँ । कमेडी च्याम्पियन सिजन-१ का विजेता हुन्, हिमेश पन्त । जसलाई लोजिकल कमेडिनको उपनामले समेत चिनिन्छ । उनको जितका लागि सरकारी ढुकुटीको प्रयोग भएको पाइएको छ ।
धादिङ जिल्लास्थित बेनिघाट रोराङ गाउँपालिकाले कमेडियन पन्तलाई जिताउनका लागि ऐनविपरीत रहेर स्थानीय बजेटको ५१ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको ५८ औँ प्रतिवेदनअनुसार बेनिघाट रोराङ गाउँपालिकाले कलाकार तथा कमेडियन पन्तलाई कमेडी च्याम्पियन जिताउन स्थानीय बजेटको ५१ हजार रुपैयाँ खर्च गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा, पुरस्कार एवम् संस्थागत अनुदान वितरण गर्न नपाउने व्यवस्था छ । तर, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित बहादुर ढल्लाकोटीले सत्ताको दुरुपयोग गरको महालेखा परीक्षकको कार्यालयले ठहर गरेको छ । यस्तै, गाउँपालिकाले कार्यक्रम सञ्चालनको बहानामा ११ जना व्यक्तिका लागि ७ लाख ७८ हजार रुपैयाँ फुर्मासी गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
महालेखा परीक्षक कार्यालयका अनुसार अध्यक्ष ढल्लाकोटीले विभिन्न बाहना बनाएर आफू निकट व्यक्तिलाई तिज नृत्य, शैक्षिक भ्रमण, रेडियो कार्यक्रम खर्च, तिज कार्यक्रमलगायतका कार्यक्रमहरूमा ऐनविपरीत रहेर बजेटको दुरुपयोग गरी बढ्ने गरेका छन् ।
स्थानीयको दुखेसो…
रोराङ गाउँपालिकामा लोपन्मुख जाति चेपाङको बाक्लो बसोबास रहेको छ । तर, गाउँपालिकाले उनीहरूको खानपान र पालनपोषणको व्यवस्थापन गर्न सकेको छैन । गाउँपालिकाले हास्यकलाकार बनाउन भने बजेट खर्च गर्ने प्रवृत्तिले स्थानीयहरु आक्रोशित बनेका छन् ।
गाउँपालिकाका अध्यक्ष ढल्लाकोटीले सत्ता र सरकारी ढुकुटीको चरम दुरुपयोग गरेर गरिबको भाग खोसेको स्थानीको आरोप छ । एक स्थानीयले मेरोन्यूजसँग भने, ‘२०६८ को जनगणनाअनुसार यस गाउपालिकामा ३१ हजार ४ सय ७५ जनसंख्या छन् । जसमध्येका एक तिहाइ चेपाङ समुदायको बसोबास छ । उनीहरूको खानपान र लालनपोषणको लागि कुनै योजना छैन, तर कुनै व्यक्तिलाई कलाकार बनाउन बजेट दुरुपयोग गर्नु कहाँको न्याय हो ? कहाँको समाजवाद हो ?’
सरासर अनियमितता : प्रवक्ता काफ्ले
बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्षले सरकारी बजेटको दुरुपयोग र अनिनयमितता गरेको महालेखा परीक्षकका प्रवक्ता तथा नायव महालेखा परीक्षक महेश्वर काफ्लेले बताए । ‘सरकारले अन्य कार्यका लागि भनेर पठाइएको बजेट व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिएको छ,’ प्रवक्ता काफ्ले भने, ‘यो सरासर अध्यक्षको अनियमिता हो ।’
कारबाही के हुन्छ भन्ने मेरोन्यूजको जिज्ञासमा प्रवक्ता काफ्ले भने, ‘हाम्रो काम प्रतिवेदन निकाल्ने हो । अध्यक्षकै निर्णय अनुसार प्रतिवेदनमा अनियमितता देखाएको हो । तर कारबाही हामीले गर्दैनौँ । संघीय मामिला तथा प्रशासन मन्त्रालयले यसको जिम्मेवारी लिन्छ । हामीले सबै स्थानीय तहहरुलाई पत्राचार गरेर सूचना संकलन गर्छौं र त्यसभित्र भएको बेरुजुहरुलाई हामीले निकाल्ने हो ।
यसबारे अनविज्ञ छु : अध्यक्ष ढल्लाकोटी
महालेखा परीक्षकको प्रतिवेदनबारे कुनै जानकार नभएको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष ढल्लाकोटीले बताए । महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा तपाईले सरकारी बजेट मनोमानी गरेको भन्ने छ, तपाईले मनमौजी गर्नुभएको हो भन्ने मेरोन्यूजको प्रश्नमा उनले भने, ‘प्रतिवेदन निकालेको भन्ने थाहा छ । तर त्यो मेरै निर्णयले भएको भन्ने कुरा पनि छ रे, तर म त्यसबारे अनविज्ञ छु ।’
तपाईले निर्णय गरेको हैन त त्यसो भए ? भन्ने प्रश्नमा उनले आफूलाई थाहा नभएको बताए । उनले एकपटक निर्णय गर्नु पर्ने हुन्छ । आफू अहिले बिरामी भएकाले निर्णय हेर्न जान नसक्ने बताए । तर, यो निर्णय गत आर्थिक वर्षमा नै भएको हो । महालेखाले चालु आर्थिक वर्ष नभइ गत आर्थिक वर्षको प्रतिवेदन सार्वजनिक गरेको हो ।


दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया