तालिवान सरकारपछि अफगानबाट सवा ६ लाख जना विस्थापित

काठमाडौँ । अफगानिस्तानमा तालिवानको सरकार आएसँगै ६ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन् । यो संख्या देशभित्र मात्रै विस्थापित भएका अफगानीहरूको भएको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
यही सेप्टेम्बर १२ सम्मको विवरणअनुसार कुल ६ लाख ३४ हजार ८ सयभन्दा बढी विस्थापित भएको देखिएको छ । विस्थापित भएकामध्ये दुई लाख ८२ हजार २४६ जनालाई विभिन्न सहयोग प्रदान गरिएको अधिकारीहरूले जनाएका छन् ।
देशमा भइरहेको आन्तरिक द्वन्द्वका कारण उनीहरू विस्थापित भएको जनाइएको छ । तालिवान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि देशभन्दा बाहिर विस्थापित भएकाको संख्यामा पनि एकाएक वृद्धि भएको पाइएको छ । देशबाहिर विस्थापित भएकामध्ये विदेशी नागरिकको संख्या धेरै रहेको सरकारी अधिकारीहरुको भनाई छ ।
विस्थापितमध्ये २८ हजारभन्दा बढी प्राकृतिक प्रकोपका कारण विस्थापित भएका पाइएको छ । अफगानिस्तानमा विस्थापित भएका र संकटमा परेकालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले सबैलाई आह्वान गरेको छ । अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायता स्वरुपको रकम छिटो उपलब्ध गराउन राष्ट्र संघले विदेशी समुदायलाई आग्रह गरेको हो ।
संयुक्त राष्ट्र संघको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायता स्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए । ती देशले कम्तीमा एक अर्ब दुई करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने जनाएका थिए । त्यस क्रममा उनीहरूले तत्काल यति रकम दिने बताएका थिए ।
हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएको बताइएको थियो । सोमबार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दातासँग संयुक्त राष्ट्र संघका महासचिव गुटर्रेसले सहयोगको आह्वान गरे ।
उनले अहिले अफगानिस्तानमा खाना र महिला तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न लागेको भन्दै सो रकमको आवश्यकता परेको बताए । गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिवानीले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ । एजेन्सी
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया