बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको हो ।
शाही सोमबार साँझ काम गरेर घर फर्कने क्रममा भिरबाट लडेकी शाहीको आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डम्बर बोहराले जानकारी दिनुभयो । शाही काम गरेर साँझ घर नफर्किने क्रममा भिरबाट लडेको हुन सक्ने आशङ्का गरिएको छ ।
राति अबेरसम्म घर नआएपछि आफन्तले खोजी गरेका थिए । आज बिहान ९ः०० बजे निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको नहरमा शव फेला परेको प्रहरी निरीक्षक बोहराले बताए । अप्ठ्यारो बाटोमा यात्रा गर्दा उछिट्टिएर नहरमा खसेको उनको भनाइ छ ।
प्रहरी निरीक्षक बोहराले भने, “नहरमाथि भिर रहेछ, साँझको बेला हिँड्दा उछिट्टिएर तल खसेको जस्तो देखियो, पछ्यौरा, कोदालोसहितका केही सामान पनि भिरमा अड्किएको अवस्थामा फेला परेको छ ।” शाहीको शवपरीक्षणका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल ल्याइएको प्रहरी निरीक्षक बोहराले बताए । शाही बाटोदेखि करिब ५० मिटर तल नहरमा खसेको उनको भनाइ छ ।















इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया