मंगलबार, पुष १५, २०८२

२५ किलो सालकको खबटासहित दुई जना पक्राउ

मेरोन्यूज २०७८ भदौ ३१ गते १९:४६

काठमाडौँ । प्रहरीले २५ किलो सालकको खबटासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका ३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) काठमाडौँको टोलीले रामेछाप प्रहरीको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीबाट उनीहरूलाई पक्राउ गरेको हो । वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि विशेष सूचनाका आधारमा टोली त्यहाँ पुगेको थियो ।

ब्युरोले आज एक सूचना जारी गरी उनीहरूलाई थप कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालयमा बुझाएको छ । उनीहरूको साथबाट प्रहरीले २५ किलो सालकको खबटा बरामद गरेको सिआइबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।

प्रतिक्रिया