सत्ता गठबन्धनका नेतालाई डा. बाबुरामको ५ बुँदे सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसँग भेट गरी राजनीतिक दल सम्वन्धी सरकारले ल्याएको अध्यादेशका विषयमा छिटो छिनोफानो गरेर सरकारलाइ पूर्णता दिन आग्रह गरेका छन् । भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रमहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग विहिवार भेट गरेका थिए । भट्टराईले नेताहरुसँगको भेटमा ५ बुँदे सुझाव राखेको भट्टराईको नीजि सचिवालयले जनाएको छ ।
भट्टराईको सचिवालयका अनुसार शीर्ष नेताहरुसँग भट्टराईले राखेका सुझाव यस्ता छन् :-
१) अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटो भन्दा छिटो पूर्णता दिने ।
२) राष्ट्रिय सहमति कायम गरी एमसीसी पारित गर्ने ।
३) प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउने ।
४) गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरुले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसदको पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने ।
५) जनचासो र जनहितका सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टीहरू र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्नुपर्ने ।
।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया