तत्काल अर्को पार्टीसँग एकीकरण हुँदैन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी एसका अध्यक्ष माधव कुमार नेपालले तत्काल अर्को पार्टीसँग एकीकरण नहुने बताएका छन् । शुक्रबार काठमाडौंको मीनभवनमा नेकपा एसको केन्द्रीय कार्यालय भवन उद्घाटनपछि अध्यक्षको पदभार ग्रहण गर्दै नेपालले तत्काल कुनै पार्टीसँग एकीकरण नहुने प्रष्ट पारे ।
उनले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने र आगामी चुनावमा गठबन्धनसँग तालमेल गर्ने बताए । उनले आगामी चुनावमा सत्तारुढ गठबन्धन मिलेर एमालेविरुद्ध जाने बताए ।
एमाले दक्षिणपन्थी भासमा डुबेको उनले बताए । नेपालले पाँच दलीय गठबन्धन तोड्न अनेक प्रयास भइरहेको भन्दै त्यसलाई सफल हुन नदिइने बताए । अध्यक्ष नेपालले एमसीसीबारे कुनै निर्णय नभएको बताए । उनले सरकारले दुई हप्ताभित्र पूर्णता पाउने बताए । आफ्नो पार्टी सरकारमा भुमिका खल्ने भन्दै नेपालले प्रदेश १ र बागमती प्रदेशमा एकीकृत समाजवादीको सरकार बन्ने बताए ।
यस्तै अध्यक्ष नेपालले आफ्नो पार्टीले नयाँ मानक स्थापित गर्ने बताए । उनले सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्ने पनि बताए । उनले भने, ‘हामी सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्नेछौं । हामी गफबाट होइन, व्यवहारले पुष्टी गर्नेछौं । हामी यथार्थ कुरा गर्नेछौं, जनतालाई अल्मल्याउन दशथरी कुरा गर्दैनौं ।’ उनले समाजवाद कस्तो हुनसक्छ भनेर बौद्धिक छलफल गरी अघि बढ्ने बताए ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया