प्रदीप ज्ञवालीको प्रश्नः हामीले एमसीसी पास गर्न खोज्दा किन रोकियो ?

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा सत्ता गठबन्धनका दलहरुले रोकेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण ः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठिमा बोल्दै नेता ज्ञवालीले वर्तमान सत्ता गठबन्धनकै दलहरुले किन अवरोध गरेको भनी प्रश्न गरे ।
उनले एमसीसी सम्झौता गलत भए किन सम्झौता गरेको भनी सत्ता गठबन्धनका दलहरुलाई प्रश्न गरेका छन् ।
एमसीसी पास गर्न प्रतिपक्षको सहयोग मागेको भन्दै नेता ज्ञवालीले अब सरकारले संसदमा प्रस्ताव ल्याएपछि मात्रै आफुहरुले धारणा सार्वजनिक गर्ने स्पष्ट गरे ।
ज्ञवालीले आफुहरुको सहयोगबिना संसदबाट एमसीसी पास हुन नसक्ने पनि दाबी गरेका छन् ।
उनले वर्तमान सरकार सँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोग बिना एमसीसी संसदबाट पास गर्न चुनौती दिए ।
नेता ज्ञवालीले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु नहुने बताए ।
यसले छिमेकी राष्ट्रहरुमा देशको विश्वसनीयतालाई कमजोर गराउने उनको भनाइ थियो ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
प्रतिक्रिया