हात्तिवन रिसोर्टमा बास बसेर प्रचण्ड जनकपुरमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुर पुगेका छन् । माओवादी केन्द्रको प्रदेश २ को अगुवा नेता कार्यकर्ताको प्रशिक्षण कार्यक्रमलाई प्रशिक्षण गर्ने उदेश्यले प्रचण्ड जनकपुर पुगेका हुन् ।
शुक्रवार दिउँसो फर्पिङस्थित हात्तिवन रिसोर्टमा परिवारसहित फ्रेस हुन पुगेका प्रचण्ड साँझ त्यही रिसोर्टमा बास वसेर आज विहानै जनकपुर पुगेका हुन् । उनलाई माओवादी प्रदेश २ का इन्चार्ज गणेश शाह लगायतका नेताहरुले विमानस्थलमा स्वागत गरेका थिए । प्रचण्डसँगै माओवादी केन्द्रका स्थायी समिति सदस्य मात्रिका यादव पनि जनकपुर पुगेका छन् ।
प्रचण्ड र मात्रिका यादवलाई जनकपुरमा पार्टीका प्रदेश २ इन्चार्ज गणेश साह, सहइन्चार्जद्वय महेन्द्र पासवान र बिश्वनाथ साह, प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद शाह सहितका अन्य नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
प्रदेश २ कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई प्रचण्डले शनिवार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
















आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया