बन्दीपुरमा यसरी चल्दैछ विप्लवको केन्द्रीय समिति बैठक (तस्वीरसहित)
बैठकस्थल र बैठक अवधीभर पत्रकारहरुसँग बोल्न, कुराकानी गर्न नेताहरुलाई बन्देज लगाएर विप्लवको पार्टीको केन्द्रीय समिति बैठक दोस्रो दिन जारी छ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक तनँहुको बन्दीपुरमा चलिरहेको छ । गत फागुन २१ मा तत्कालिन सरकारसँग ३ वुँदे सहमति गरी खुल्ला राजनीतिमा आएपछि आवसिय सहित बसिरहेको बैठक हिजोबाट शुरु भएको हो ।
बैठक ५ असोजसम्म चल्ने गरी बैठक बसिरहेको हो ।
बैठकमा महासचिव विप्लवले राजनीतिक र सांगठनिक प्रस्ताव पेश गरेका छन् । विप्लवले पेश गरेको प्रस्तावमा अहिले नेताहरुले आ आफनो धारणा राख्ने क्रम चलिरहेको छ । खुल्ला राजनीतिमा तीन वुँदे सहमति गरेर आएयता सबै राजनीतिक दलका नेताहरुसँग पार्टी नेतृत्वले भेट गरेको र उक्त सहमति कार्यान्वयनमा जोड दिएपनि त्यसको कार्यान्वयन फितलो देखिएको परिवेशमा यो वीचको अवधीको समीक्षा, अहिलेको राजनीतिक अवस्थाबारे विमर्श र भावी रणनीतिमा केन्द्रीत रहेर विप्लवले प्रतिवेदन बैठकमा पेश गरेका छन् ।
सरकारले पक्राउ गरेका नेता कार्यकर्ता छोडिदिने, प्रतिबन्ध खारेज गर्ने, विप्लवको पार्टी शान्तिपूर्ण राजनीतिमा आउने लगायत तीनबुँदे सहमति गरेर विप्लवको पार्टी खुल्ला राजनीतिमा आएको थियो । केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ मा लगाएको प्रतिबन्ध फुकुवा गर्दै तीनबुँदे सहमतिपछि २१ फागुनमा शान्तिपूर्ण राजनीतिमा आएको थियो ।
उसले अहिलेको ब्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादको नारा उठाईरहेको छ । पुजीवादी ब्यवस्थाकी वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमत संग्रह गनुपर्ने उनीहरुको माग छ ।
यसलाइ तलसम्मै शान्तिपूर्ण रुपमै बहसमा लैजान दिने सहमति पनि ओली सरकारले विप्लवको पार्टीसँग गरेको थियो ।
खुल्ला राजनीतिमा आएपछि पहिलो पटक बसेको यो बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा ७६ केन्द्रीय नेताहरु सहभागी छन् । यस अगाडी कपिलवस्तुमा विप्लवको गाउमै वसेको पाटीृ बैठकले थप गरेका केन्द्रीय सदस्य पनि यो बैठकमा पहिलो पटक सहभागी छन् । बैठकस्थलमा पत्रकारहरुलाई प्रवेश दिइएको छैन ।
कुनै पनि नेतालाइ बैठक अवधीभर पत्रकारहरुसँग बोल्न, कुराकानी गर्न पनि वन्देज लगाएर अहिले विप्लवको पार्टीको बैठक दोस्रो दिन जारी छ ।
सुरक्षा र मेस आफ्नै
बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना पार्टी कार्यकर्ताहरुले आफ्नै मेस चलाएर खाईरहेका छन् । बैठक बस्ने हल, कोठा भने होटल सञ्चालकले निःशुल्क उपलब्ध गराएका छन् । बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरेर महासचिव लगायत नेतृत्वले पार्टी निर्णय सार्वजनिक गर्ने पनि नेकपाले जनाएको छ ।
हेर्नुहोस तस्वीरहरु वैठक कक्ष र मेससम्मका










तस्वीर स्रोतहरु : नेकपाका केन्द्रीय सदस्यहरुका माजिक सन्जालहरु
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया