शनिबार, पुष ५, २०८२

कांग्रेस केन्द्रीय नेतालाई आफ्नै कार्यकर्ताले कालोझण्डा देखाए

मेरोन्यूज २०७८ असोज २ गते १९:२५

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेलाई आफ्नै पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।

शनिबार गृह जिल्ला बाजुरामा जिल्लाका शीर्ष नेताको बैठक चलिरहेका पाण्डेलाई कांग्रेसका स्थानीय कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।

कांग्रेस नेता रामचन्द्र पौडेल पक्षका नेता पाण्डेलाई आफ्नो गृह जिल्लामा कालोझण्डा देखाएका हुन् । पाण्डेले नै क्रियाशील सदस्यको नाम काटेको भन्दै स्थानीय कार्यकर्ता रुष्ट बनेका हुन् । बाजुराको त्रिवेणी नगरपालिकामा क्रियाशील सदस्यताको विवाद छ ।

असन्तुष्ट कांग्रेस कार्यकर्ताहरुले पाण्डेविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया