लोसपाले पनि संविधान दिवस नमनाउने
मेरोन्यूज
२०७८ असोज २ गते २०:५५

काठमाडौं । संघीय समाजवादी पार्टी (जसापा)बाट चोइटिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि संविधान दिवस नमनाउने भएको छ ।
संविधान निर्माण प्रक्रियामा दर्ज गरेका अहसमतिहरु नसमेटिएको भन्दै लोसपाले संविधान दिवस बहिष्कार गर्ने निर्णय गरेको हो ।
संविधान अपूर्ण रहेको भन्दै आइतबार संविधान दिवसका दिन लोसपाले संविधानको भण्डाफोर गर्ने भएको छ ।
संविधान दिवसमा सरकारले भब्य कार्यक्रम गरिरहँदा लोसपाले संविधानविरुद्ध अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।
संविधान दिवसकै दिन आइतबार लोसपाले काठमाडौंमा शहीदको बलिदानी एवम् संविधानको पूर्णता विषयमा अन्तरक्रिया कार्यक्रम गर्न लागिएको लोसपाले जनाएको छ ।
सत्ता गठबठबन्धनका एक घटन जसपाले पनि सरकारले मनाउने संविधान दिवसको कार्यक्रम बहिष्कार गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

सम्बन्धित










यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया