कञ्चनपुरमा ७ कैदी बन्दी रिहा
काठमाडौँ । संविधान दिवसको अवसरमा कञ्चनपुर कारागारबाट ७ कैदबन्दी रिहा भएका छन् । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् ।
पचास प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलन भएका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियमअनुसार संविधान दिवसका अवसरमा दुई महिला र पाँच पुरुषको कैद मिनाह गरिएको कारागार शाख प्रमुख माया बस्नेत थापाले जानकारी दिए ।
कैद मिनाह हुनेमा शिवराज भट्ट कर्तव्य ज्यान, प्रेमसिंह भण्डारी कर्तव्य ज्यान, रोहित आउजी बहुविवाह, करिना विश्वकर्मा बहुविवाह, मायाचन्द पाल बहुविवाह, र खुसीराम चौधरी चोरी मुद्दाका छन् ।
बानी व्यवहार, चालचलन, रहनसहन राम्रो भए कारागारका प्रमुख र प्रमुख जिल्ला अधिकारीको सिफारिसमा कैद मिनाह हुने व्यवस्था छ । कारागारमा अहिले २० महिला ३८७ पुरुषसहित ४०७ कैदीबन्दी छन् ।
















डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स ८ एसयूभी सार्वजनिक
यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य: सञ्चारमन्त्री तिमिल्सिना
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
प्रतिक्रिया