यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा

काठमाडाैं । यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एम.ए.डब्लू. राइड्स प्रा.लि. मार्फत् भृकुटीमण्डपमा सञ्चालन गरिरहेको यामाहा ब्लु फेस्ट अन्त्यतिर आइपुग्दा ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तर्गत एकजना प्रमुख विजेताको घोषणा गरिएको जनाएको छ।
भ्याली रोड मोटर्स प्रा. लि. मार्फत् फाइनान्स तथा एक्सचेन्ज सेगमेन्ट अन्तर्गत RayZR 125 Fi Hybrid खरिद गरेका श्री उमेश थापा मगरले पाँच लाख रूपैयाँ नगद बम्पर पुरस्कार जितेका छन्।
यो घोषणाले कार्यक्रममा थप उत्साह थप्दै ग्राहकहरूलाई कार्यक्रम समाप्त हुनु अघि उपलब्ध विशेष अफरहरूको फाइदा लिन र मेलामा सहभागी हुन थप प्रेरित गरेको छ।
अन्य विजेताहरूमा नबिना शर्माले एक लाख रूपैयाँ, अरविन्द गुप्ताले ५५ हजार र आवाश चौधरीले ५० हजार रूपैयाँ प्राप्त गरेका छन्। अरू धेरै ग्राहकहरूले पनि यस योजना अन्तर्गत आकर्षक पुरस्कारहरू जितेका छन्।
खरिदकर्ताहरूले पाँच लाख रूपैयाँसम्म क्यासब्याक, अधिकतम ४० महिनासम्मको सहज ईएमआई सुविधा तथा अन-द-स्पट फाइनान्सिङ सेवाको लाभ लिन सक्नेछन्। यसले खरिद प्रक्रियालाई सहज र सुविधाजनक बनाएको छ। यहाँ ५० भन्दा बढी रिकन हाउसहरूको सहभागिता रहेको एक्सचेन्ज कार्निभल पनि पुराना मोटरसाइकलहरूको प्रतिस्पर्धात्मक र पारदर्शी मूल्याङ्कनका कारण प्रमुख आकर्षणको रूपमा रहेको छ।
एम.ए.डब्लू राइड्सका सीईओ दीपक अग्रवाल भन्छन्, ‘यस वर्षको ब्लु फेस्टलाई प्राप्त प्रतिक्रियाबाट हामी अत्यन्त उत्साहित छौँ। हामी सबैजनालाई यहाँ आएर विशेष अफरहरूको लाभ लिन र यामाहाका उत्पादनहरू प्रत्यक्ष अनुभव गर्न आमन्त्रण गर्दछौँ।’


















रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
दक्षिण लेबनानमा आवागमन पुनः सुरु
डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स ८ एसयूभी सार्वजनिक
यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया