प्रकाशको किरणबाट उच्च गतिको इन्टरनेट सुरु

काठमाडौं । विश्वकै सबैभन्दा गहिरो कोङ्गो नदी वरपरका क्षेत्रमा प्रकाशको किरणबाट उच्च गतिको इन्टरनेट दिने कार्य सुरु भएको छ ।
सेवा सुरू भएसँगै कोङ्गो नदीले छुट्याएका ब्रजिभिला र किंशासा सहरका जनताले सस्तो मूल्यमा फास्ट इन्टरनेट चलाउन पाउने भएको दी इकोनोमिक टाइम्सले जनाएको छ ।
गुगललाई नियमन गर्ने कम्पनी अल्फाबेटको ‘तारा’ प्रोजेक्टमार्फत लेजर इन्टरनेट सिस्टमबाट ७०० टेराबाइट डेटा ट्रान्सफर भएको जनाइएको छ । यो सेवाको पहुँच सबै मौसम र स्थानमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
अफ्रिकाका यी दुई सहरमा भएको दूरीलाई मेटाउने उद्देश्यले यो अभ्यास गरिएको अल्फाबेटलाई उदृत गर्दै दी इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।
यी दुई सहरका १ करोड ७० लाख मानिसलाई सबै मौसममा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।
कम्पनीले विगत तीन वर्षदेखि यो परियोजनामा काम गरिरहेको थियो । यसैगरी कम्पनीले केन्यामा उच्च गतिको इन्टरनेट व्यवसायिक रुपमा उपलब्ध गराउने योजना बनाएको छ ।
कम्पनीका अनुसार वायरलेस अप्टिकल कम्युनिकेसन सिस्टम (ताररहित प्रविधिबाट इन्टरनेट उपलब्ध हुने) मार्फत २० दिनमा ७०० टेराबाइट डेटा ट्रान्सफर भएको छ । जसअन्तर्गत २० जीबीपीएस कमर्सियल लिंक उपलब्ध गराइएको छ ।
चरा उड्दा समस्या देखिएपछि समस्याको समाधानमा काम गरिरहेको कम्पनीले जनाउँदै यो प्रविधि भारत, केन्या, मेक्सिको र अमेरिकामा परीक्षण गरिएको छ ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया