घिसिङ विद्युत प्रशारण लाइन निरीक्षणमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विद्युत प्रशारण लाइनको निरीक्षणमा निस्किएका छन् ।
देशका विभिन्न ठाउँमा प्रशारण लाइनको अभावमा विद्युत खेर गइरहेको कारण समस्य उत्पन्न भएपछि उनी देशब्यापी निरीक्षणमा निस्किएका हुन् ।
हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी र बर्दघाट–सर्दी (होङ्सी) १३२ केभी प्रशारण आयोजनामा समस्या देखिएका कारण नवलपरासी पुगेका घिसिङले उक्त आयोजनाको समस्या समाधानबारेमा आइतबार नवलपरासीपूर्व कावासोतीमा सरोकारवालाहरुसँग छलफल गरेका छन् ।
नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमायाँ भट्टराई पंगेनीको अध्यक्षतामा भएको छलफलमा बोल्दै प्राधिकारणका कार्यकारी निर्देशक घिसिङले प्रशारणलाइनको अभावमा विद्युत खेर गइरहेको बताए ।
चितवनको भरतपुरबाट पश्चिम १३२ केभी सिङगल सर्किटबाट ९० मेगावाट मात्रै विद्यूत प्रवाह गर्न सकिएको भन्दै घिसिङले निर्माणाधिन २२० केभी प्रशारणलाइन सम्पन्न भएमा ५ सय मेगावाट विद्युत बुटवलसम्म पुर्याउन सकिने स्पष्ट गरे ।
तामाकोशी परियोजनाबाट अहिले २ हजार मेगावाट विद्युत उत्पादन भइरहे पनि ट्रान्समिशन लाइन नहुँदा भरतपुर पश्चिम जान नसकेको उनले बताए ।
एकातिर उद्योगीले बत्ती नपाउने अर्कोतिर खेरगइरहेको अवस्था रहेको भन्दै खपत बढाउन प्रशारणलाइन चाँडै बढाउन आवश्यक रहेको घिसिङले उल्लेख गरे ।
प्रशारणलाइनको अभावले विद्युत खपत बढाउन समस्या भएकै कारण आफूहरु प्रशारण लाइन आयोजनाको निरीक्षणमा निस्किएको उनको भनाइ थियो ।










Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया