पोखरामा माधव नेपालको गण्डकी प्रदेश कार्यालय स्थापना
शाक्यलाई मुख्यमन्त्रीबाट हटाउने नेता नेपालको संकेत

पोखरा । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले कास्कीको पोखरामा गण्डकी प्रदेश कार्यालय स्थापना गरेको छ ।
पार्टी अध्यक्ष माधव नेपालले आइतबार प्रदेश कार्यालयका साथै कास्की जिल्ला र पोखरा महानगर कमिटीको कार्यालय पनि उद्घाटन गरेका छन् ।
तीन वटै कार्यालय एउटै घरमा राखिएको छ । नेकपा एसले पोखरा–८ जाल्पारोडस्थित तीन तले घर भाडामा लिएर प्रदेश, जिल्ला र नगर कमिटीको कार्यालय स्थापना गरिएको छ ।
तीन तलाको घरमा दोस्रो तलामा जिल्ला र महानगरपालिकाको कार्यालय राखिएको छ भने माथिल्लो तलामा प्रदेश कार्यालय रहेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल पार्टी प्रशिक्षणका लागि पोखरा आएका हुन् । पोखरामा आइतबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालले एक हप्ताभित्र प्रदेश एक र बागमती प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकार बनाउने उद्घोष गरेका छन् ।
केपी ओली नेतृत्वको सरकार हटाएर १ नम्बर र बाग्मती प्रदेशमा नेकपा एसको नेतृत्वमा सरकार बनाउन लागिएको उनले बताए । उनले आफ्नो पार्टी कति प्रतिशत छ भन्ने कुरा थाहा पाउने भनी ओलीतर्फ नै संकेत गरे । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूलाई माधव नेपालको पनि समर्थन रहने बताइरहँदा नेपालले शाक्यलाई हटाउने संकेत दिएका छन् ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
प्रतिक्रिया