जीप दुर्घटना हुँदा नौ घाइते
मेरोन्यूज
२०७८ असोज ४ गते १२:०४

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज दुर्घटना भएको हो ।
घाइते हुनेमा जिप चालक मेलौली नगरपालिका–३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, पाटन नगरपालिका–५ का विनोद जोशी, सोही ठाउँका जितबहादुर चन्द, मानसिँह जोशी, रामदत्त जोशी र रामबहादुर चन्द तथा दशरथचन्द नगरपालिका–७ का देवदत्त बडू र दशरथचन्द नगरपालिका–२ का जयबहादुर बोहरा छन् । चालक चन्दको अवस्था गम्भीर रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए ।
घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिपको ब्रेक फेल भएर सडकमै पल्टिँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया