सर्वोच्चको आदेशः एमसीसी र भारतको विरोध गर्नेलाई कारबाही नगर्नु

काठमाडौं । सर्वोच्च अदालतले छिमेकी राष्ट्र भारतको विरोध गर्नेलाई कारबाही नगर्न आदेश दिएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी र छिमेकी राष्ट्र भारतको विरोध भएको भन्दै गृह मन्त्रालयले विज्ञप्ती जारी कारबाहीको चेतावनी दिएको थियो ।
गृहको उक्त विज्ञप्तीले अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्दै नेपालको लागि नेपाली पार्टीको तर्फबाट अधिवक्ता प्रवेश केसीले रिट दायर गरेका थिए ।
केसीले दायर गरेको उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले अभिब्यक्ति स्वतन्त्रताको हनन् हुने गरी कारबाही नगर्न अन्तरिम आदेश दिएको हो ।
गृह मन्त्रालयले एमसीसीको विरोध गर्ने तथा भारतीय प्रधानमन्त्रीको विरोध गर्नेलाई कारबाही गर्ने चेतावनी दिँदै दुई छुट्टाछुट्टै विज्ञप्ति जारी गरेको थियो । यसरी विरोध गर्नेलाई सुक्ष्म निगरानी गर्दै कारबाही गर्ने गृहले चेतावनी दिएको थियो ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया