चेक बाउन्सको मुद्दामा फरार अभियुक्त पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा अदालतबाट दोषी ठहर भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ६७ वर्षीय कृष्णबहादुर थापालाई महानगरीय अपराध महाशाखाको टोलीले वीरगञ्जबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र बारासँगको समन्वयमा वीरगञ्जको पूर्णिमाचोकबाट पक्राउ गरी काठमाडौं ल्याइएको अपराध महाशाखाले जनाएको छ ।
उच्च अदालत पाटनले थापालाई गत मंसिर २२ गते एक करोड २५ लाख बिगो जरिवाना र १७ दिन कैद सजायको फैसला सुनाएको थियो ।
रबीन्द्र थापाले कृष्णबहादुरविरुद्ध चेक बाउन्सको मुद्दा दिएका थिए । पटक पटकको मुद्दामा विगो तिर्नुपर्नेमा फैसला कार्यान्वयन नगरी फरार रहेको भन्दै अदालतले २०७५ असोज १९ गतेको अर्को फैसलामा थापालाई एक वर्षको कैद सजायको फैसला सुनाएको थियो ।
थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया