चेक बाउन्सको मुद्दामा फरार अभियुक्त पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा अदालतबाट दोषी ठहर भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ६७ वर्षीय कृष्णबहादुर थापालाई महानगरीय अपराध महाशाखाको टोलीले वीरगञ्जबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र बारासँगको समन्वयमा वीरगञ्जको पूर्णिमाचोकबाट पक्राउ गरी काठमाडौं ल्याइएको अपराध महाशाखाले जनाएको छ ।
उच्च अदालत पाटनले थापालाई गत मंसिर २२ गते एक करोड २५ लाख बिगो जरिवाना र १७ दिन कैद सजायको फैसला सुनाएको थियो ।
रबीन्द्र थापाले कृष्णबहादुरविरुद्ध चेक बाउन्सको मुद्दा दिएका थिए । पटक पटकको मुद्दामा विगो तिर्नुपर्नेमा फैसला कार्यान्वयन नगरी फरार रहेको भन्दै अदालतले २०७५ असोज १९ गतेको अर्को फैसलामा थापालाई एक वर्षको कैद सजायको फैसला सुनाएको थियो ।
थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।









…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया