अफगानिस्तानमा २५ खर्व वढी डलर खर्चिदा पनि अमेरिकाको पराजय : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले अफगानिस्तान युद्दमा अमेरिकाको ठूलो पराजय भएको वताएका छन् । २५ खर्व भन्दा वढी खर्च गर्दा समेत अमेरिका अफगानिस्तान युद्दमा पराजित हुन पुगेको ओलीको भनाइ छ ।
पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गर्न ओलीले लेखेको राजनीतिक प्रतिवेदनमा ठूलो क्षति ब्यहोरेर अफगानिस्तान भूमिवाट अमेरिका पलायन भएको उल्लेख छ ।
एमालेको विधान महाधिवेशन असोज १५ देखि ललितपुरको गोदावरीमा हुँदैछ । त्यही महाधिवशेनमा प्रस्तुत गर्न ओलीले लेखेको राजनीतिक दस्तावेज तीन दिन यता पार्टी स्थायी कमिटि बैठकमा आन्तरिक छलफल भईरहेको छ ।
‘टिवन टावर र पेन्टागनमा भएको आतंकवादी हमलापछि अफगानिस्तानमा आक्रमण गर्न पुगेको अमेरिका र नेटो सैन्य गठबन्धनका सैनिकहरु वीस वर्षपछि पछाडी हटेका छन् । विदेशी सेनाको वर्हिगमनसँगै अफगानिस्तानमा तालिवानी विद्रोहीहरुको नियन्त्रण कायम भएको छ,’ ओलीको प्रतिवेदनमा लेखिएको छ,–‘२५ खर्व डलर भन्दा वढी खर्च गरेर पनि ठूलो क्षति ब्यहोरेर अफगानिस्तान भूमिवाट अमेरिका पलायन हुनु भियतनाम युद्धको ५० वर्षपछि अमेरिकाले ब्यहोर्नु परेको ठूलो असफलता र पराजय हो ।’
ओलीले जनुकुनै वाहनामा पनि वाह्य हस्तक्षेप नटिक्ने यो घटनाले देखाएको विश्व विश्लेषण गरेका छन् ।
‘यसले के स्पष्ट पारेको छ भने जुनकुनै वाहनामा गरिए पनि वाह्य हस्तक्षेप र आक्रमण गलत हो । त्यसको असफलता अनिवार्य छ । कुनै पनि मुलुकको समस्याको समाधानको जिम्मा सम्वन्धित मुलुककै जनताको हो,’ ओलीले प्रतिवेदनमा भनेका छन्,–‘वाह्य शक्तिको होइन । आतंकवाद आज विश्वब्यापी चुनौतिका रुपमा खडा भएको छ । तर त्यसको विकल्प वाह्य हस्तक्षेप र आक्रमण या कुनै राष्ट्रको कब्जा हुन सक्दैन ।’
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया