काठमाडौं कांग्रेसको वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्यता विवाद नमिल्दा पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ १८ गते हुन नसकेको वडा अधिवेशन मंगलबार सम्पन्न भएको हो ।
सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँमा शान्तिपूर्ण रूपमा वडा अधिवेशन सम्पन्न भएको कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए ।
दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा महानगरपालिकासहित ११ स्थानीय तह रहेका छन् ।
काठमाडौँमा १३८ वडामध्ये ६० प्रतिशत वडाको निर्वाचन सर्वसम्मत भए पनि केही वडामा भने वडा सभापति र सचिवलगायतका पदमा निर्वाचन हुन लागेको प्रमुख निर्वाचन अधिकृत आचार्यले बताउनुभयो । काठमाडौँमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्य रहेका छन् ।
करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।
कांग्रेसले गाउँ/नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।
यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
प्रतिक्रिया