भक्तमानको अपहरणमा संलग्न राजेन्द्र पण्डित पक्राउ
मेरोन्यूज
२०७८ असोज ६ गते १३:१५

काठमाडौँ । बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न गिरोहका थप एक जना पक्राउ परेका छन् । अपहरणका योजनाकार मध्येका एक राजेन्द्र पण्डित मंगलबार पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई नुवाकोटबाट पक्राउ गरेको हो । अपहरणमा संलग्न भएका उनलाई पुनरावेदन अदालत हेटौंडाले ९ वर्षको कैद र ५० हजार रुपैयाँ जरिमानाको सजाय सुनाइएको थियो ।
तर उनी लुकिछिपी नेपाल र भारतका विभिन्न स्थानमा बस्दै आएका थिए । पछिल्लो समय नुवाकोटमा देखिएपछि प्रहरीले पक्राउ गरेको बताइएको छ । तत्कालीन निर्देशक श्रेष्ठ अस्पतालबाट घर फर्किँदै गर्दा अपहरणकारी रोहित पालिवाल र भीमसेनको समूहले ४ जेठ २०६७ मा अपहरण गरेको थियो ।
फैसला कार्यान्वयनका लागि पण्डितलाई बुधबार नै अदालतमा पेस गरिने जनाइएको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया