मन्त्री नियुक्तिमा असन्तुष्टि जनाएको पौडेल समूहको छुट्टै बैठक जारी

काठमाडौं । नेपाली कांग्रेस पौडेल पक्षको बैठक बसेको छ । महामन्त्री शंशाक कोइराला निवास महाराजगंज पौडल पक्षको पक्षको बैठक जारी छ ।
दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बैठक सुरु भएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफलै नगरी नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले असन्तुष्टि व्यक्त गदै आएको छ ।
बैठकमा सहभागी एक नेताले मेरो न्युजसँग भने, ‘सभापति देउवाले पार्टीमा छलफल नै नगरी मन्त्री नियुक्त मनलाग्दी गर्नु भयो,अब कसरी अगाडी बढ्ने विषयमा अहिले बैठक बसेको हो ।’
आजै दिउँसो ३ बजे देउवाले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।
बैठकमा मन्त्रिपरिषद् विस्तार,पार्टीको १४ औँ महाधिवेशनको तयारी र १३ जिल्लाका क्रियाशील सस्यताको टुंगो लगाउने विषयमा छलफल हुने जनाइएको छ ।
देउवाले प्रधानमन्त्री नियुक्त भएको ७२ दिनपछि बुधबार परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गर्न सिफारिस गरेका थिए ।













विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
Around 300,000 foreign tourists visit Annapurna area in 2025
Slight rise in gold and silver price
काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र
गोरखाको छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
तेक्वान्दो टोली चीन प्रस्थान
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
प्रतिक्रिया