सरकार विस्तार गर्न कस्सिए दलहरु, आज पनि गठबन्धनको छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको सरकार गठन भएको दुई महिना बढी भइसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।
सत्ता गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी)को मुद्दा सर्वोच्चमा रहेकै कारण र गठबन्धन दलहरुबीच सहमति नजुट्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
लामो समयको रस्साकस्सीपछि बुधबार मात्रै प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जानुपर्ने भएकाले बुधबार खड्कालाई मन्त्रीको सपथ गराइएको थियो ।
सरकार गठनको लामो समयसम्म पनि मन्त्रिपरिषदले पूर्णता नपाएको भन्दै सर्वत्र आलोचना हुन थालेपछि सत्ता गठबन्धन दलहरु बाक्लो छलफलमा छन् ।
मंगलबार मात्रै डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउन सहमति जुटाएका गठबन्धन दलहरु बुधबार पनि छलफलमा जुट्ने भएका छन् ।
मन्त्रिपरिषदलाई विस्तार गर्नेबारेमा छलफल गर्न बुधबार साँझ साँझ ५ बजे गठबन्धनमा रहेका दलहरूको बैठक बोलाइएको छ ।
आफ्नो पार्टीबाट सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने नेकपा माओवादी केन्द्र पनि आज विहानबाटै आन्तरिक छलफलमा छ ।
सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउनकै लागि माओवादी स्थायी समिति बैठक पार्टी मुख्यालय पेरिशडाँडामा बसेको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया