सरकार विस्तार गर्न कस्सिए दलहरु, आज पनि गठबन्धनको छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको सरकार गठन भएको दुई महिना बढी भइसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।
सत्ता गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी)को मुद्दा सर्वोच्चमा रहेकै कारण र गठबन्धन दलहरुबीच सहमति नजुट्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
लामो समयको रस्साकस्सीपछि बुधबार मात्रै प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जानुपर्ने भएकाले बुधबार खड्कालाई मन्त्रीको सपथ गराइएको थियो ।
सरकार गठनको लामो समयसम्म पनि मन्त्रिपरिषदले पूर्णता नपाएको भन्दै सर्वत्र आलोचना हुन थालेपछि सत्ता गठबन्धन दलहरु बाक्लो छलफलमा छन् ।
मंगलबार मात्रै डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउन सहमति जुटाएका गठबन्धन दलहरु बुधबार पनि छलफलमा जुट्ने भएका छन् ।
मन्त्रिपरिषदलाई विस्तार गर्नेबारेमा छलफल गर्न बुधबार साँझ साँझ ५ बजे गठबन्धनमा रहेका दलहरूको बैठक बोलाइएको छ ।
आफ्नो पार्टीबाट सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने नेकपा माओवादी केन्द्र पनि आज विहानबाटै आन्तरिक छलफलमा छ ।
सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउनकै लागि माओवादी स्थायी समिति बैठक पार्टी मुख्यालय पेरिशडाँडामा बसेको छ ।
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया