नेप्से परिसूचकमा उच्च अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचकमा उल्लेख्य वृद्धि भएको छ ।
बजार परिसूचक १०४ दशमलब ८८ अंकले वृद्धि भई २८१६ दशमलब ९५ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ३ दशमलब ४७ प्रतिशतले बढी हो ।
बुधबार कारोबार भएका सबै १३ कम्पनी समूहका उपसूचकमा अधिकतम् वृद्धि भएकाले नेप्से अंकसहित कारोबार रकममा पनि सुधार आएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबार भएका २ सय १७ कम्पनीका ७२ हजार ७ सय १४ कारोबारबाट ६ अर्ब १७ करोड ३ लाख १ सय ५८ रुपैयाँ बराबरका १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता शेयर किनबेच भए ।
मंगलबार अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार घटाउन र बढाउन अर्थमन्त्रीको कुनै भूमिका नरहने भन्दै बजारमा देखिएका समस्याहरु समाधान गर्न अग्रसर भएको र बजारलाई स्थिर बनाउन आफू लागिपरेको सार्वजनिक अभिव्यक्ति दिएकाले पनि बजारमा बुधबार हरियो संकेत देखिएको लगानीकर्ताले जनाएका छन् ।
धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भिष्मराज ढुंगानाका बारेमा गठित न्यायिक समितिको प्रतिवेदन बुझ्दै पूँजी बजारकाबारेमा आफू सचेत रहेको अर्थमन्त्रीले बताएका थिए ।
यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैकहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर ब्याजदर वृद्धिमा होडबाजी नगर्न र त्यस्तो भए केन्द्रीय बैंकले हस्तक्षेप गर्ने सन्देश दिएकाले पनि बजारमा सुधारको संकेत देखिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिएका छन् ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया