प्रचण्डले पार्टी बैठकमा भने– मन्त्रिपरिषद् भोलि नै विस्तार हुन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब मन्त्रिपरिषद् विस्तारमा ढिलाई नहुने वताएका छन् ।
‘मन्त्रिपरिषद् विस्तारमा ढिलाई हुादा निक्कै आलोचना सरकारले ब्यहोर्नु परिसकेको छ, अब ढिलो हुदैन’ प्रचण्डले बुधबार पार्टीको स्थायी समिति बैठकलाई सम्वोधन गदै भने,–‘आजै पनि सत्ता गठवन्धन दलको बैठक छ । मुल एजेण्डा नै मन्त्रिपरिषद् विस्तारको छ । आजको छलफल टुंगिए भोलि (विहीबार) सम्ममा मन्त्रिपरिषद् विस्तार हुन्छ ।’
उनले भोलिसम्ममा पनि मन्त्रिपरिषद् विस्तार नभएमा भने फेरि केही दिन लम्बिन सक्ने पनि सँगै बताए । ‘तर अब ढिला हुँदैन आज र भोलिको छलफलले सवै टुङ्गो लगाउला’ प्रचण्डको भनाई उद्धृत गदै स्थायी समितिका एक सदस्यले मेरो न्यूजसँग भने ।
२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले ७२ दिनसम्म पनि मन्त्रिपरिषद् पूर्णता दिन सकेका छैनन् । उनले बुधबार मात्रै एक जना परराष्ट्रमन्त्री थप गरेका थिए ।
मन्त्रालय भागवन्डा र मन्त्रीको नामभने अझै पनि टुंगिएको छैन । मन्त्रालय भागवन्डा अब वालुवाटारमा बस्ने सत्ता गठवन्धन दलभित्र छलफल हुने प्रचण्डको भनाई थियो ।
‘पहिला मन्त्रालय टुंगिए त्यसपछि मन्त्रीको नाम टुग्गो लगाउँला त्यो एक् छिन वसेपछि हामी मिलाउन सकिहाल्छौं,’ प्रचण्डको भनाई थियो ।
प्रवास कमिटिको सहइन्चार्ज पन्त
नेकपा (माओवादी केन्द्र)ले प्रवास कमिटिमा नेता नारायणकाजी श्रेष्ठलाई इन्चार्ज बनाएर यस अगाडि नै जिम्मेवारी तय गरेको थियो । तर त्यो कमिटीले पूर्णता पाएको थिएन । त्यसमा बुधबारको स्थायी कमिटि बैठकले सह इन्चार्ज थप गर्ने निर्णय गरेको छ ।
ती स्थायी समिति सदस्यका अनुसार सहइन्चार्जमा लक्ष्मण पन्तले जिम्मेवारी पाएका छन् ।

















डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
NC will not protect anyone involved in corruption: NC President Thapa
Boy injured due to accidental gunshot in Sarlahi
काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन
नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
प्रतिक्रिया