प्रचण्डले पार्टी बैठकमा भने– मन्त्रिपरिषद् भोलि नै विस्तार हुन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब मन्त्रिपरिषद् विस्तारमा ढिलाई नहुने वताएका छन् ।
‘मन्त्रिपरिषद् विस्तारमा ढिलाई हुादा निक्कै आलोचना सरकारले ब्यहोर्नु परिसकेको छ, अब ढिलो हुदैन’ प्रचण्डले बुधबार पार्टीको स्थायी समिति बैठकलाई सम्वोधन गदै भने,–‘आजै पनि सत्ता गठवन्धन दलको बैठक छ । मुल एजेण्डा नै मन्त्रिपरिषद् विस्तारको छ । आजको छलफल टुंगिए भोलि (विहीबार) सम्ममा मन्त्रिपरिषद् विस्तार हुन्छ ।’
उनले भोलिसम्ममा पनि मन्त्रिपरिषद् विस्तार नभएमा भने फेरि केही दिन लम्बिन सक्ने पनि सँगै बताए । ‘तर अब ढिला हुँदैन आज र भोलिको छलफलले सवै टुङ्गो लगाउला’ प्रचण्डको भनाई उद्धृत गदै स्थायी समितिका एक सदस्यले मेरो न्यूजसँग भने ।
२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले ७२ दिनसम्म पनि मन्त्रिपरिषद् पूर्णता दिन सकेका छैनन् । उनले बुधबार मात्रै एक जना परराष्ट्रमन्त्री थप गरेका थिए ।
मन्त्रालय भागवन्डा र मन्त्रीको नामभने अझै पनि टुंगिएको छैन । मन्त्रालय भागवन्डा अब वालुवाटारमा बस्ने सत्ता गठवन्धन दलभित्र छलफल हुने प्रचण्डको भनाई थियो ।
‘पहिला मन्त्रालय टुंगिए त्यसपछि मन्त्रीको नाम टुग्गो लगाउँला त्यो एक् छिन वसेपछि हामी मिलाउन सकिहाल्छौं,’ प्रचण्डको भनाई थियो ।
प्रवास कमिटिको सहइन्चार्ज पन्त
नेकपा (माओवादी केन्द्र)ले प्रवास कमिटिमा नेता नारायणकाजी श्रेष्ठलाई इन्चार्ज बनाएर यस अगाडि नै जिम्मेवारी तय गरेको थियो । तर त्यो कमिटीले पूर्णता पाएको थिएन । त्यसमा बुधबारको स्थायी कमिटि बैठकले सह इन्चार्ज थप गर्ने निर्णय गरेको छ ।
ती स्थायी समिति सदस्यका अनुसार सहइन्चार्जमा लक्ष्मण पन्तले जिम्मेवारी पाएका छन् ।










एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया