कमेडी च्याम्पियन भरतमणिलाई नौ लाखको चेक
मेरोन्यूज
२०७८ असोज ६ गते १९:२७

काठमाडौं । टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेललाई बुधबार ९ लाख ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।
भरतमणि सहयोग समिति ताप्लेजुङको तर्फबाट संकलन गरिएको रकम बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको हो ।
भरतमणी सहयोग समिति ताप्लेजुङको तर्फबाट पूर्वमन्त्री तथा एमाले सांसद योगेश भट्टराईले पौडेललाई उक्त चेक हस्तान्तरण गरे । समितिले भरतमणिलाई जिताउन सुरुदेखि नै रकम संकलन गरेको थियो ।
सोही कार्यक्रममा फस्ट रनरअप विक्की अग्रवाल र सेकेन्ड रनरअप सन्तोष थापालाई पनि खादा ओढाएर सम्मान गरिएको थियो ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया