सरस्वती प्रधानलाई १ लाख १५ हजार रुपैयाँ धरौटी बुझाउन आदेश

काठमाडौं । जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई १ लाख १५ हजार रुपैयाँ धरौटी बुझाउन अदालतले आदेश दिएको छ ।
जातीय विभेद तथा छुवाछुतजन्य कसूर गरेको भन्दै दायर भएको मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले १ लाख १५ हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो ।
सञ्चारकर्मी रुपा सुनारले प्रहरीमा दिएको जाहेरीअनुसार भएको अनुसन्धानको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा प्रधानविरुद्ध मुद्दा दायर गरेको थियो ।
बुधबार प्रधान अदालतमा उपस्थित भएपछि उनको बयान लिइ थुनछेक बहस भएको थियो ।
गत असार १ गते कोठा हेर्न गएकी सुनारले आफू दलितकी छोरी भएको घरेबेटी प्रधानलाई जानकारी गराएपछि प्रधानले कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन ।
घरबेटी प्रधानबाट आफूमाथि जातीय विभेद भएको भन्दै सुनारले प्रधानविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएपछि प्रहरीले घरबेटी प्रधानलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया