सरस्वती प्रधानलाई १ लाख १५ हजार रुपैयाँ धरौटी बुझाउन आदेश

काठमाडौं । जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई १ लाख १५ हजार रुपैयाँ धरौटी बुझाउन अदालतले आदेश दिएको छ ।
जातीय विभेद तथा छुवाछुतजन्य कसूर गरेको भन्दै दायर भएको मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले १ लाख १५ हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो ।
सञ्चारकर्मी रुपा सुनारले प्रहरीमा दिएको जाहेरीअनुसार भएको अनुसन्धानको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा प्रधानविरुद्ध मुद्दा दायर गरेको थियो ।
बुधबार प्रधान अदालतमा उपस्थित भएपछि उनको बयान लिइ थुनछेक बहस भएको थियो ।
गत असार १ गते कोठा हेर्न गएकी सुनारले आफू दलितकी छोरी भएको घरेबेटी प्रधानलाई जानकारी गराएपछि प्रधानले कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन ।
घरबेटी प्रधानबाट आफूमाथि जातीय विभेद भएको भन्दै सुनारले प्रधानविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएपछि प्रहरीले घरबेटी प्रधानलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया