भारतमा अदालतभित्रै गोली प्रहार ‘मोस्ट वाण्टेड’ गोगीसहित ३ जनाको मृत्यु

काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित रोहिणी अदालत परिसरमा शुक्रबार साँझ गोलाबारी भएको छ । अदालतभित्र भएको गोली प्रहारमा भारतका ुमोस्ट वाण्टेडु ग्याङस्टार जितेन्द्र गोगीको हत्या भएको छ ।
गोली प्रहारबाट गोगीसहित थप दुई जनाको हत्या भएको छ । गोली प्रहारबाट ४ जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार गोगी आफ्नो पेशीका लागि अदालत पुगेका थिए । सोही क्रममा वकिलको भेषमा आएका दुई जनाले अन्दाधुन्ध गोली प्रहार गरेका थिए ।
दिल्ली पुलिसका प्रमुख राकेश अस्थानाले गोगी अदालतमा आफ्नो सुनवाईका लागि गएका थिए । सोही क्रममा दुई बन्दुकधारीले गोली चलाएका थिए । गोली प्रहार भएसँगै प्रहरीले जवाफी कारबाही गरेको थियो । सो क्रममा दुई जना बन्दुकधारीको मृत्यु भएको छ ।
उपचारको क्रममा गोगीको मृत्यु
वकिल ललित कुमारका अनुसार बन्दुकधारी वकिलको ड्रेसमा आएका थिए । उनीहरूले गोगीको शरीरमा ३ गोली प्रहार गरेका थिए ।
गोगीमाथि बन्दुक प्रहार भएसँगै उनको सुरक्षामा खटिएका प्रहरीले २५-३० राउण्ड गोली प्रहार गरेका थिए । जसमा दुई बन्दुकधारीको घटनास्थलमा नै मृत्यु भएको थियो । कुमारले घटना गोगीको सुनुवाई हुँदै गर्दा भएको बताएका छन् । एजेन्सी
















धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया