डा. रोहित सैजुलाई एशिया–प्यासिफिक एकेडेमी अफ्थाल्मोलोजी अवार्ड

काठमाडौं । नेपालबाट एशिया–प्यासिफिक एकेडेमी अफ्थाल्मोलोजी (एपीएओ) अर्वाड डा. रोहित सैंजु नेपाललाई दिने भएको छ । एपीएओले डा. शैजुलाई गत भदौं २५ गते उक्त अवार्ड प्रदान गरिएको थियो ।
सन् २००८ मा भएको एपीएओ वार्षिक बैठक पश्चात व्यक्ति विशेषको समय र योगदानको कदर गर्देै यो अवार्ड प्रदान गर्न थालिएको हो ।
डा.सैजुले सन् २००१ मा आँखा विशेषज्ञको अध्ययन बीपी कोइराला लायन्स अफ्थाल्मिक सेन्टर बाट पूरा गरे र सोहीवर्षदेखि उनी तिलगंगा आँखा प्रतिष्ठानमा आबद्ध छन् ।
सन् २००४ मा मेलबोर्न विश्वविद्यालयबाट प्लास्टिक सर्जरी विषयमा फेलोशिप गरेका थिए ।
उनले आँखाको प्लास्टिक विषयमा ३ दर्जन भन्दा बढि आँखा रोग विशेषज्ञहरुलाई तालिमप्रदान गरि अफ्नो ज्ञान, अभ्यास हस्तान्तरण गरी सकेको बताइएको छ ।
डा. सैजु ले सन् २००६ मा सिंगापुरमा २१ औं एपीएओ सम्मेलनमा पहिलो पटक भाग लिए पश्चात नियमित रूपमा सम्मेलनहरुमा आफ्नो सहभागिता जनाएर विभिन्न शैक्षिक कार्यक्रममा वक्ता, प्रशिक्षकको रुपमा डेढ दशकसम्म निरन्तर शैक्षिक योगदान गरेबापत उनलाई यो पुरस्कार प्रदान गरिएको थियो ।













माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया