डा. रोहित सैजुलाई एशिया–प्यासिफिक एकेडेमी अफ्थाल्मोलोजी अवार्ड

काठमाडौं । नेपालबाट एशिया–प्यासिफिक एकेडेमी अफ्थाल्मोलोजी (एपीएओ) अर्वाड डा. रोहित सैंजु नेपाललाई दिने भएको छ । एपीएओले डा. शैजुलाई गत भदौं २५ गते उक्त अवार्ड प्रदान गरिएको थियो ।
सन् २००८ मा भएको एपीएओ वार्षिक बैठक पश्चात व्यक्ति विशेषको समय र योगदानको कदर गर्देै यो अवार्ड प्रदान गर्न थालिएको हो ।
डा.सैजुले सन् २००१ मा आँखा विशेषज्ञको अध्ययन बीपी कोइराला लायन्स अफ्थाल्मिक सेन्टर बाट पूरा गरे र सोहीवर्षदेखि उनी तिलगंगा आँखा प्रतिष्ठानमा आबद्ध छन् ।
सन् २००४ मा मेलबोर्न विश्वविद्यालयबाट प्लास्टिक सर्जरी विषयमा फेलोशिप गरेका थिए ।
उनले आँखाको प्लास्टिक विषयमा ३ दर्जन भन्दा बढि आँखा रोग विशेषज्ञहरुलाई तालिमप्रदान गरि अफ्नो ज्ञान, अभ्यास हस्तान्तरण गरी सकेको बताइएको छ ।
डा. सैजु ले सन् २००६ मा सिंगापुरमा २१ औं एपीएओ सम्मेलनमा पहिलो पटक भाग लिए पश्चात नियमित रूपमा सम्मेलनहरुमा आफ्नो सहभागिता जनाएर विभिन्न शैक्षिक कार्यक्रममा वक्ता, प्रशिक्षकको रुपमा डेढ दशकसम्म निरन्तर शैक्षिक योगदान गरेबापत उनलाई यो पुरस्कार प्रदान गरिएको थियो ।
















उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया