शनिबार, चैत २८, २०८२

उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत

मेरोन्यूज २०८२ चैत २७ गते १८:४१

काठमाडाैं। राप्रपाकी सांसद सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ। उनको पक्षमा ५ मत मात्रै परेपछि प्रस्ताव अस्वीकृत भएको हो।

Advertisement
nepal life insurencenepal life insurence

संसद्‍मा राप्रपाका पाँच सांसद छन्। उनको पक्षमा राप्रपाका सांसदले मात्र मत हालेका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राप्रपा सांसद तामाङलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका छन्। राप्रपा सांसद ज्ञानबहादुर शाहीले तामाङलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। उनको पक्षमा राप्रपाका सांसदले मात्रै मत दिएका थिए।

आजको बैठकमा २ सय ५७ सांसद उपस्थित थिए।

प्रतिक्रिया