नेपालमा पहिलो पटक सुरक्षित हेल्मेट अभियान

काठमाडौं । नेपालमा पहिलो पटक सुरक्षित हेल्मेट अभियान सुरु भएको छ ।
इन्टरनेसनल फेडेरेसन अफ अटोमोवाइल (एफआईए)को सहयोग र वल्र्ड बैंकसँगको सहकार्यमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले सुरक्षित हेल्मेट अभियानको संचालन गर्ने भएको हाे ।
शुक्रवार काठमाडौंमा एक कार्यक्रमकाबीच विश्व बैंकका उपाध्यक्ष हर्टवीग स्काफेर, फेडेरेसन अफ अटोमोवाइल सडक सुरक्षा र ग्लोवल एड्भोकेसी प्रमुख लुका पास्कोतो, पूर्वमन्त्रि तथा सांसद योगेश भट्टराई, प्रतिनिधिसभा विकास तथा प्रविधि कमिटि सदस्य रंगमती शाही र इन्दु शर्मा, बागमती प्रदेश सभा सांसद भावना सुबेदी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव रबिन्द्रनाथ श्रेष्ठ, वल्र्ड बैंक नेपालका प्रतिनिधि फारिस हदाद जेरोभोसले संयुक्त रुपमा हेल्मेट सार्वजनिक गरे ।
यस अभियान अन्तर्गत नेपालभरी विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरि ३ सय भन्दा बढी यूएन स्टान्डर्ड हेल्मेट वितरण गरिने छ ।
कार्यक्रममा विश्व बैंकको तर्फबाट हर्टवीग स्काफेरले सडक दुर्घटनाले नेपालको अर्थ तन्त्रमा पारेको प्रभाव र त्यसका रोकथामका लागि चालिनु पर्ने आवश्यक कदमबारे अवगत गराए ।
अभियानले नेपालमा बढ्दो दुई पाङ्ग्रे सवारी दुर्घटनालाई कम गराउन र दुर्घटना पछि हुने क्षतिलाई न्युनिकरण गर्न, सुरक्षित हेल्मेट प्रयोग गर्न सवारीचालकलाई सचेतना दिनेछ ।
साथै अभियानले हेल्मेटको राष्ट्रिय मापदण्डको कार्यान्वयनमा जोड दिदै मोटरसाइकल चालक तथा पछाडी बस्ने यात्रुले समेत अनिवार्य रुपमा हेल्मेट प्रयोग गर्ने ऐनको व्यवस्था गर्न सरकारलाई दिने बताइएको छ ।
कार्यक्रममा एफआइएएद्वारा प्रदान गरिएको यूएन स्टाण्डर्ड हेलमेट सार्वजनिक गर्दै विभिन्न लक्षित समुहका प्रतिनिधि सुरक्षित र दीगो यातायात नेपालका हेमन्त तिवारी, अपाङ्ग महासंघकी देवु पराजुलीलाई हेल्मेट उपहार प्रदान गरिएको थियो ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया