स्यानिटारी प्याडमा कर बढेको छैनः अर्थ मन्त्रालय

काठमाडौं । स्यानिटरी प्याडमा कर नबढाएको अर्थ मन्त्रालयले स्पष्ट गरेको छ । स्यानिटरी प्याडमा समेत सरकारले कर बढाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि अर्थमन्त्रालयको सचिवलायले शुक्रबार विज्ञप्ति जारी गर्दै कर नबढाएको जनाएको हो ।
स्यानिटरी प्याडमा कर बढाइएको भन्दै केही संघसंस्थाहरुले प्रदर्शनसमेत गरेका थिए ।
स्यानीटरी प्याड आयातमा आ.व. २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको दाबी गरिएको छ ।
कर बढाएको नभई स्यानीटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरुको भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछौं ।’– जारी विज्ञप्तिमा भनिएको छ ।










पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया