एमाले केन्द्रीय कमिटि बैठक जारी : यी १० नेताले सुनाउँदैछन् समूहगत निश्कर्ष

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुतु गरिने दस्तावेजहरुमाथी केन्द्रीय समिति बैठकमा साझा धारणा बनाउन दुई दिन यता बैठक जारी छ । अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलको विधान संसोधन प्रस्तावमाथी एमालेले केन्द्रीय समितिका सदस्यहरुलाई १० ओटा समुह बनाई समुह छलफल चलाएको थियो ।
शुक्रवारवाट जारी केन्द्रीय समिति बैठकमा आज समुहगत छलफलमा उठेका सुझावहरुको निश्कर्ष बैठकमा टोली नेताहरुले सुनाउने कार्यक्रम छ । जुन अहिले चलिरहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
भूगोलका सात प्रदेशका सात तथा जनसंगठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहमा प्रतिवेदनमाथिको छलफल जारी छ।
एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ ।
के -को छानिए टोली नेता ?
केन्द्रीय कमिटि बैठकमा प्रस्तुत भएका तीन ओटा दस्तावेजमा १० ओटा समुह बनाएर एमालेले छलफल गरेको थियो । छलफलका निश्कर्ष र आएका सुझावहरु समुहबाट बनेका टोली नेताले बैठकमा प्रस्तुत गर्न थालेका छन् । जसअनुसार प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना ,कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्णबहादुर थापा, उपत्यका विशेष कमिटीबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरूबाट खिमलाल भट्टराई टोली नेता बनेका छन् । उनीहरुले समुहगत निश्कर्ष बैठकमा पेश गर्नेछन् ।
छानिएनन् मझधारका टोली नेता
एमालेमा माधव नेपालको साथ छोडेर अन्तिम समयमा एमालेभित्रै रहेका मझधारका नेताहरु भने १० ओटा समुह बनाउँदा सम्म कुनै पनि समुहबाट टोली नेता बनेका छैनन । उनीहरुले टोली नेता बन्ने चाह्नै राख्न नसक्दा सवै समुहमा पहिले देखि नै ओलीलाई साथ दिईरहेका नेताहरुमात्र टोली नेता बनेका छन् ।
मझधारका नेताहरुले ओलीले १० वुँदे सहमति कार्यान्वयन नगरेको भन्दै प्रश्न उठाउन थालेका छन् । शुक्रवारको बैठकमा एजेण्डा बनाउनु पर्ने भन्दै उपाध्यक्ष भीम रावल, भानुभक्त जोशी, झपट रावल लगायत नेताहरुले प्रश्न उठाएका थिए । रावलले १० वुँदे सहमति खारेज गरि भनेर भन्न सक्नुहुन्छ ? भन्दै ओलीलाई प्रश्न उठाएका थिए ।
तर रावल लगायत नेताहरुको प्रश्नमा ओलीले यो बैठक विधान महाधिवेशनको तयारी वैठक भएकोले अर्काे वैठकमा छलफल गरौला भनि टारिदिएका थिए । समुहगत नेतामा पनि मझधारका नेताहरु टोली नेता चुनिन नसक्नु र नवन्नुले एमालेमा यो धारका नेताहरुको खास भूमिका प्रभावकारी नभएको अर्थमा लिन सकिने नेताहरु नै वताउन थालेका छन् ।
अव के हुन्छ ?
टोली नेताहरुले आजै सुझाव राखिसकेपछि उपमहासचिव पौडेलले विधान, महासचिव पोखरेलले संगठन र अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा जवाफ दिनेछन् । त्यसपछि बैठक आजै सम्पन्न गर्ने तयारी एमालेको छ ।
तीन ओटै प्रतिवेदन आएका सुझाव सम्म समेटेर परिमार्जन गरि पारित गरिने र त्यसलाई पार्टी केन्द्रीय समितिको तर्फबाट विधान महाधिवेशनमा प्रस्ततु गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया