फोटो पत्रकार क्लबको नयाँ नेतृत्व चयन

काठमाडौं । नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब नेपालमा नयाँ नेतृत्व चयन भएको छ ।
क्लवको एघारौ साधारणसभाले श्रुति श्रेष्ठकोे अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यलय संचारग्राम सिनामंगलमा शनिवार साधारण सभा भएको थियो ।
नव निर्वाचित कार्यसमितिमा उपाध्यक्ष नेपाल रिपब्लिक मिडीयाका दिपेश श्रेष्ठ, महासचिव कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सेना र कोषाध्यक्ष राजधानी दैनिकका द्दरिका प्रसाद काफ्ले, सचिब नयाँ प्रत्रिका अमूल थापा निर्विरोध निर्वाचित भएका हुन् । त्यसै गरी गोरखापत्रका बिकास द्घारे प्रबक्तामा चयन भएका छन् । सदस्यहरुमा कान्तिपुरका अंगद ढकाल, सेतोपाटी डट कमकी निशा भण्डारी, देशसंचार डट कमकी बर्षा शाह, दि हिमालय टाईम्सका स्कन्द गौतम, अन्नपूर्ण पोस्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटोपत्रकार लक्ष्मीप्रसाद ङाखुशी निर्विरोध चयन भएका छन् ।
नेपाल पत्रकार महासंघको बरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा एशोसियट प्रदेशका महासचिव रोयल आचार्य, क्लवका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बिकास कार्की र क्लवका पूर्वअध्यक्ष प्रकास माथेमाको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया