कांग्रेस अधिवेशन: ५४ जिल्लामा शुरु, १० जिल्लामा स्थगित, १३ जिल्लामा क्रियाशील सदस्यतामै विवाद

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार ५४ जिल्लाका स्थानीय तहहरुमा अधिवेशन सुरु भएको छ ।
शनिवार ६४ जिल्लाका नगर तथा गाउँ पालिकामा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिए पनि १० जिल्लामा भने तयारी नपुगेको भन्दै स्थगित गरिएको छ ।
स्थगित भएका पालिकामा जिल्लामा खटिएका निर्वाचन अधिकृतलाई सहमतिमा नयाँ मिति तोकेर अधिवेशन गराउने जिम्मेवारी दिइएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । वडा अधिवेशन सम्पन्न भएपछि कांग्रेसल पालिकामा अधिवेशन शुरु गरेको हो ।
वडा अधिवेशन र नगर तथा गाउँपालिका अधिवेशन भइसक्दा प्रदेश २ सहित १३ जिल्लामा क्रियाशील सदस्यताकै विवाद कायम छ ।
कांग्रेस निर्वाचन समितिकाअनुसार, आगामी असोज १६ गतेसम्म ६४ जिल्लाकै सबै पालिकामा अधिवेशन सम्पन्न भइसक्नेछ ।
निर्वाचन समितिकाअनुसार शनिबार महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँके गरी ५ जिल्लाको क्रियाशील सदस्यताको सूची समितिलाई प्राप्त भएको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया