कांग्रेसले गर्यो थप पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ पाँच जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको हो ।
कांग्रेसले डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो । योसँगै कांग्रेसले ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिसकेको छ । बाँकी ८ जिल्लाको क्रियाशील सदस्यतालाई टुंग्याउने काम भइरहेको कांग्रेसले बताएको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको तीन सदस्यीय कार्यदलले क्रियाशील सदस्यता विवाद टुंग्याए सकेको छैन । अब प्रदेश दुईका ६ जिल्ला, कैलाली र रसुवाको क्रियाशील सदस्यता सार्वजनिक गर्न बाँकी छ । क्रियाशील सदस्यता टुंग्याउन कांग्रेस नेताहरु सिटौला, रमेश लेखक र डा. मिनेन्द्र रिजाल छलफलमा छन् ।
कांग्रेसमा ६४ जिल्लामा वडामा अधिवेशन सम्पन्न भएर पालिका अधिवेशन सुरु भएको छ । वडाअधिवेशन हुन नसकेका १३ जिल्लामा दशैं अघि अधिवेशन गर्ने कांग्रेसले जनाएको छ ।
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया