सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा शुरु
मन्त्रिपरिषद् विस्तार, सदनमा एमालेले जारी राखेको अवरोध र राजदुत नियुक्तिका विषयमा छलफल केन्द्रीत

काठमाडौं । लामो समयसम्म मन्त्रिपरिषद्लाई पूर्णतासमेत दिन चुकिरहेको सत्ता गठबन्धन दलको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन दलको बैठक १० वजेदेखि शुरु भएको हो ।
बैठकमा सहभागी हुनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु बालुवाटार पुगेका छन् ।
देउवाले आफुले प्रधानमन्त्रीको सपथ खाएकै दिनमा कांग्रेस र माओवादीका २/ २ जना लाई मन्त्री बनाएका थिए । त्यसपछि एक राज्यमन्त्री र ७२ दिनमा काग्रेसका एक नेतालाई परराष्ट्रमन्त्री यिनुक्त गरेयता उनले थप मनित्रमण्डल विस्तार गर्न सकेका छैनन ।
उनले अझै पनि १५ ओटा मन्त्रालयको नेतृत्व आफैले सम्हालिरहेका छन् ।
प्रधानमन्त्री शेरवहादुर देउवाले हिजो साँझ नेकपा एकीकृतका अध्यक्ष माधव नेपालसँग पनि बालुवाटारमा भेटवार्ता गरेका थिए । मन्त्रिमण्डल विस्तारका लागि पहिले दल विभाजनसम्वन्धी अध्यादेश निष्क्रय या फिर्ता हुनुपर्ने जसपाको माग छ । माधव नेपाल पक्ष भने अदालतमा आफनो पार्टीविरुद्ध परेको रिटको पखाईमा थियो । तर देउवाले अब ढिलो गर्न नसकिने जवाफ दिईरहेका बेला सत्ता गठबन्धनको बैठक बसेको हो ।
बैठकमा प्रतिपक्षी दल एमालेले सदनमा गरिरहेको अवरोध र नारावाजी, विभिन्न देशमा अब नियुक्ति हुने राजदुत लगायतका विषयमा पनि छलफल हुने बताईएको छ ।
‘मूलत तीन ओटा एजेण्डामा छलफल गर्न सत्ता गठवन्धन दलको बैठक शुरु भएको हो,’ बालुवाटार स्रोतले भन्यो,–‘पहिलो मन्त्रिपरिषद्लाई पूर्णता दिने, दोस्रो एमालेले सदनमा गरिरहेको अवरोधको समाधान गर्ने र तेस्रो विभिन्न दलको राजदुत सरकारले फिर्ता बोलाईसकेकोले नयाँ राजदुत नियुक्ति प्रक्रिया लगायत विषयमा छलफल हुनेछ ।’
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया