बिहीबार, वैशाख ३, २०८३

सम्पर्कविहीन ११ प्रहरीलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको सूचना

मेरोन्यूज २०७८ असोज १० गते ११:०५

काठमाडौँ । सम्पर्कविहीन भएका ११ जना प्रहरुलिाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई सात दिनभित्र सम्पर्कमा आउन भनेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएकाहरुको नामावली सार्वजनिक गर्दै तोकिएको समयभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिइएको छ ।

गैरहाजिर हुनेहरुमा प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी, प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया