शनिबार, चैत २१, २०८२

मन्त्रिपरिषद् छिटो विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह

मेरोन्यूज २०७८ असोज १० गते १३:१५

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्री शेर बहादुर देउवालाई छिटो मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको बैठकले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशबारे तत्काल निर्णय गरी मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विषयमा गठबन्धनका नेताहरुमा विवाद छ । एकीकृत समाजवादीले सर्वोच्चमा अध्यादेश सम्बन्धि मुद्दा रहेकाले तत्काल फिर्ता नगर्न आग्रह गरेको छ भने जनता समाजवादी पार्टी (जसपा)ले अध्यादेश कायम रहँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने अडान राख्दै आएको छ ।

अध्यादेशविरुद्ध परेका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वकार गरेपछि एकीकृत समाजवादी पार्टी मन्त्रिपरिषद विस्तार गर्न सकारात्मक देखिएको छ । आजको बैठकले सत्तारुढ दलहरुसँग छलफल गरेर केही दिनमै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको बताइउको छ ।

प्रतिक्रिया