शनिबार, फागुन ९, २०८२

पार्टी केन्द्रीय कमिटि बैठकमा ओलीको सम्वोधन

‘एमाले सम्हालिएर जनताको बीचमा भोट माग्न जान सक्ने अवस्थामा छ’

मेरोन्यूज २०७८ असोज १० गते १५:२४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका वीचमा भोट माग्न जान एमालेलाई एजेण्डा प्रसस्तै रहेको बताएका छन् । सरकारमा रहेर आफु नेतृतवको सरकारले असाधारण काम गरेकोले नै अन्य शक्तिहरुले सरकार गिराउन अनेक तानाबाना बुनेकोले एमालेलाई जनताका वीचमा भोट माग्न जादा के एजेण्डा लिएर जाने भन्ने समस्या नभएको बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले सरकारबाट अहिले प्रतिपक्षमा पुगेपनि त्यसवाट आफुहरु सम्हालिएर जानुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा आफनो राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै ओलीले सरकारमा रहँदा एमालेले धेरै क्षेत्रमा असाधारण काम गरेको जिकिर गरेका थिए ।

जनताको प्रतिस्पर्धावाट आएको पार्टीले प्रतिस्पर्धा कसरी गर्नुपर्छ भन्ने कुरा वुझेको ओलीको भनाई थियो । उनले धेरैलाई सिक्नुपर्ने अवस्थामा आफनो सरकारले पुराएको दावी पनि गरे ।


‘हामीले सफलता पूर्वक काम गरेका छौं । केही धक्का अहिले खायौं भन्दैमा, प्रतिपक्षमा पुग्यौं भन्दैमा हामीले त्यसमा आत्तिनुपर्ने अवस्था छैन, हामी सम्हालिनु पर्छ । फेरि हामी सम्हालिएर हिडन सक्छौं,’ ओलीले भने –‘सम्हालिएर हिडन सक्छौं, कसरी भोट माग्न जाने भन्ने अवस्थमा एमाले अहिले छैन । सरकारमा हामी रहँदा हामीले देशको पक्षमा , लोकतन्त्रको पक्षमा , विकासको पक्षमा , सामाजिक न्यायको पक्षमा असाधारण काम गरेका छौं । यसको झलक प्रतिवेदनमा छ । यसले हामीलाई भोट माग्न जनताका वीचमा के लिएर जाऔं भन्ने समस्या छैन ।’


ओलीले आफनो प्रतिवेदनलाई कार्यमूलक प्रतिवेदनका रुपमा मात्र नवुझि राजनीतिक रुपमा बुझन नेताहरुलाई आग्रह गरे । ‘रिपोर्ट मात्रै होइन, सामान्यतयः प्रतिवेदन गरेको कामको रिपोट भन्ने वुझिन्छ । यो गएको कामको फेहरिस्ता भन्दा वढी राजनीतिक रिपोर्ट हो । त्यसकारण कार्यप्रगति रिपोट नभनेर राजनीतिक प्रतिवेदन भन्छौं ।’ ओलीले भने,–‘हाम्रो गन्तब्यमा पुग्ने नीति के हो ? त्यसको बारेमा हामीले लिने वाटो राजनीतिक प्रतिवेदनले दिशा निर्देश गर्ने गर्छ ।’

कस्ता-कस्ता शक्तिलाई संगठित गरेर कसरी आन्दोलन अगाडी बढाउने भन्ने विषय पनि प्रतिवेदनमा प्रष्ट भएर आएको ओलीले जिकिर गरे ।

ओलीले सरकारमा आफु रहँदा अल्पविकसित बाट विकाशसिल देश बनाउने काम गरेका पनि बताए । आफनो नेतृत्वको सरकारले असाधारण काम गरेको ओलीले दावी गरे । उनले कोभिडको काम प्रभावकारी ढंगले गरेको पनि दावी गरे । कोभिडमा सरकारले स्थिती सम्हाल्ने काम गरेको र त्यसका लागि आफनो नेतृत्वको सरकारले असाध्यैम हत्वपूर्ण काम गरेको ओलीले बताए ।

‘हाम्रो एटिच्यूड पुँजीवादी एटिच्यूड होइन’ ओलीले भने ।

प्रतिक्रिया