एमाले स्थायी कमिटी बैठक बस्दै, १० बुँदे कार्यान्वयनबारे छलफल हुने

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा सोमबार ११ बजे बैठक बोलाएको हो । बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधि लगायतका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष भिम रावल लगाएतका नेताले असन्तुष्टि व्यक्त गरेका छन् । एमाले २ जेठ २०७५ मा फर्कँदा सुदूरपश्चिमको पार्टी इन्चार्ज रावल हुनुपर्ने भए पनि हाल माओवादी केन्द्रबाट आएका लेखराज भट्ट इन्चार्ज रहेका छन् ।
यसमा रावल लगाएत सुदूरपश्चिमका नेताहरूले आपत्ति जनाउँदै आएका छन् । आइतबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष रावल लगायतका नेताहरूले १० बुँदे कार्यान्वयनबारे स्पष्ट पार्न माग गरेका थिए । रावल लगाएतका नेताहरुको मागअनुसार आज स्थायी कमिटी बैठक बोलाइएको हो ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया