मन्त्रिपरिषदलाई पूर्णता दिन पहल गर्ने माओवादी केन्द्रको निर्णय
मेरोन्यूज
२०७८ असोज ११ गते १२:२३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मन्त्रिपरिषदलाई पूर्णता दिन पहल गर्ने निर्णय गरेको छ । सोमवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको हो ।
बैठकमा दल विभाजन सम्बन्धि अध्यादेश, अध्यादेश सम्बन्धि सर्वोच्च अदालतमा परिका रिटमा रहेको मुद्दाको विषयमा छलफल भएको बताइएको छ । यस्तै बैठकमा पार्टीको महाधिवेशन केन्द्रित केही क्रियाकलापको सयमतालिका हेरफेर गरेको छ ।
बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गरेको छ । वडा भेलाको बैठक कार्तिक १३ गते, पालिका स्तरीय भेला मंसिर ४ गते गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम हुनेछ ।
सम्बन्धित
















ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया